काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ। संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ। संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले मिति ०७८ साउन १४ देखि ०७८ भाद्र ८ सम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमौंमा आइपुग्ने गरी आवेदन गर्न सकिने कम्पनीले जनाएको छ।
आवेदन गर्दा प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत पेश गर्नुपर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।