|

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार बैठकमा विधान अधिवेशनको तयारीका लागि समितिहरु गठन गर्ने तयारी रहेको छ। विधान अधिवेशन यसै महिनाको अन्तिममा गर्ने तयारी गरे पनि केही दिन पछाडि सर्ने सम्भावना रहेको तामाङले बताए। बैठकमा केही विभागहरु पनि गठन गरिँदैछ।

कार्यालय सचिव तामाङका अनुसार बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर‚ नेपाल समूह भने आज पनि बैठकमा नजाने भएको छ। नेपाल पक्षीय नेता डा. बेदुराम भुषालले कुरा नमिली बैठकमा नजाने बताए। ‘हामीलाई बैठकमा बोलाउनु नबोलाउनुको कुनै अर्थ छैन,’ भुषालले भने, ‘विवाद समाधान नभइ हामी जाँदैनौं।’

ओली पक्षीय स्थायी कमिटी सदस्य सुवास नेम्बाङले आफूहरु अहिले पनि दुई शीर्ष नेताबीच भेट गराएर विवाद समाधानको प्रयासमा रहेको बताए। नेम्बाङले दुई दिनअघि नेता नेपालसँग भेट गरी अध्यक्ष ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए। अहिले पनि पार्टीलाई एकतावद्ध बनाएर लैजान प्रयास जारी रहेको नेम्बाङको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.