|

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली सम्पर्कविहीन भएकी छन्। उनी शुक्रबार बिहानदेखि पार्टीको  सम्पर्कमा नरहेको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए।

वली केही दिन समयअघि नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने माओवादी नेताहरुको आशंका छ। लुम्बिनी प्रदेशमा पोखरेल नेतृत्वको सरकार अहिले अल्पमतमा छ।

जनता समाजवादी पार्टीबाट पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदको पद गुमेपछि पोखरेलसँग ३८ मत मात्रै छ। विपक्षी गठबन्धनसँग ४१ मत छ। अल्पमतमा परेपछि पोखरेलले सांसदहरूलाई पद र आर्थिक लोभ देखाएर आफ्नो सत्ता टिकाउने प्रयास गर्दै आएको आरोप छ। उनले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीका सासंदहरूलाई भेटेर मन्त्री पद दिने र आर्थिक रूपमा पनि सहयोग गर्ने खालका प्रलोभन देखाएको विपक्षी दलका नेताहरुको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.