|

नवलपरासी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको निर्देशनमा भएका गतिविधिलाई आउँदो चुनावमा देखाइदिने बताएका छन्।

उनले आगामी चुनावमा नेकपा एमालेकै बहुमत आउने दाबी गर्दै अहिलेका सवै गतिविधि प्रचण्डकै निर्देशनमा भएको आरोपसमेत लगाए।

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको आयोजनामा भएको बृहत वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्न नवलपरासी पश्चिमको बर्दघाटमा आएका मुख्यमन्त्री पोखरेलले जनमतलाई बीचमै अपहरण गर्ने कोसिस गरिएको पनि बताए।

अदालतबाट प्रधानमन्त्री तोकिनु दमन र निरंकुशता भएकाले यसलाई संवैधानिक ‘कु’ को रुपमा बुझिनुपर्ने उनको भनाइ थियो। उनले विपक्षी दलहरुप्रति संकेत गर्दै जनताका बीचमा जाने कुरा प्रतिगमन भए अदालतबाट प्रधानमन्त्री तोकिनु के हो ? भन्दै प्रश्न गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.