|

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले झण्डै ५ हजार मतको अग्रता बनाएका छन्।

३४ हजार २६ सदर मत गणना हुँदा नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ८ हजार ९ सय १४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन्।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ९ सय ४५ मत ल्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.