|

कञ्चनपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७७/७८ मा ७७ लाख २८ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा दोब्बर हो। आर्थिक वर्ष २०७६/७७ मा ४७ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशवराज भट्टले सवारी नियम मिच्ने सवारी साधनलाई कारवाही गरी राजस्व संकलन गरिएको बताए। उनका अनुसार गत आर्थिकमा १३ हजार ७५९ सवारी साधन कारवाहीमा परेका छन्। आर्थिक वर्ष २०७६/७७ मा आठ हजार ३९९ सवारीसाधन कारवाहीमा परेका थिए।

कारवाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन्। हेल्मेट नलगाउने, सवारी चालक अनुमतिपत्रलगायत कागजात नबोक्ने, दुईभन्दा बढी यात्रु बोक्ने, गैरप्रयोजनमा प्रयोग गर्ने लगायतका नियम मोटरसाइकलले उल्लंघन गर्दै आएका छन्।

कञ्चनपुरमा लाझाडी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा ट्राफिक प्रहरी छन्। जिल्लाभर ५२ जना ट्राफिक प्रहरी परिचालन गरिएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.