|

काठमाडौं : नेपाल पत्रकार महासंघले नव नियुक्त अर्थ मन्त्री जनार्दन शर्मासँग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफल गरेको छ।

महासंघ केन्द्रीय कार्यालयमा अर्थ मन्त्री शर्मालाई स्वागत गर्दै कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफल गरेको हो। कार्यक्रममा मन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने बताए।

शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमिकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गरे। उनले सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ्य आलोचना गर्नसमेत आग्रह गरे।

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिदै कोभिडले सञ्चार क्षेत्रमा धेरै ठूलो प्रभाव परेको भन्दै पत्रकारहरु पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराए।

उनले मुख्यगरी साना लगानीका सञ्चारमाध्यम र तिनमा आश्रित पत्रकारहरु मारमा परेको भन्दै त्यसको सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

महासंघका महासचिव रोशन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा आश्रित परिवारलाई ठूलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्नेमा जोड दिए।

भेटमा कार्यवाहक अध्यक्ष विष्टले बजेट कार्यान्वयनका साथ साथै सञ्चारसँग सम्बन्धित विभिन्न कानुनको विश्लेषण गरी तयार पारेको पुस्तिका मन्त्री शर्मालाई हस्तान्तरण गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.