|

कञ्चनपुर : नेकपा (विप्लव) का केन्द्रीय सदस्य ओमप्रकाश पुनले भारतीय विस्तारवादको बुइ चढेर नेपाललाई सिक्किमीकरण गर्न खोजिएको बताएका छन्।

सोमबार शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा आयोजित विरोध सभामा उनले धर्मनिरपेक्षता हटाउने परिपञ्च भइरहेको बताए।

‘दार्चुलाका जय बहादुर धामीलाई भारतीय एसएसबीले तुइन काटेर हत्या गरेको छ’, उनले भने, ‘सरकार यसलाई घटना भनेर ढाकछोप गर्न खोज्दै छ।’ मन्त्रालय भागबण्डामा लागेको सरकारले यस घटनाबारे सत्य तथ्य बाहिर ल्याउनुपर्ने उनले बताए।

धामीलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो। 

दलाल पुँजीवादी राज्य सत्ता रहँदासम्म विदेशीको दास बनेर बस्नुपर्ने अवस्था रहिरहने उनले बताए। ‘राष्ट्रियता, जनता र भ्रष्टाचारको कुरा गर्दा हामीलाई जेल हालियो’, उनले भने, ‘अहिले सिंहदरबारको भ्रष्टाचार गाउँ-गाउँमा पुगेको छ।’

संसदीय व्यवस्थाको असफल भइसकेकाले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमतसंग्रहमा जानुपर्ने उनको भनाइ थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.