हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह

|

काठमाडौं : विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। आवश्यक प्रक्रिया पूरा गरेर कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति गर्न मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई देउवाले निर्देशन दिएका हुन्। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी कार्यकारी निर्देशकबाट बिदा भएका थिए। यसअघि घिसिङले नै नेपाललाई लोडसेडिङमुक्त बनाएका थिए।

यस्तै सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ। कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट राजीनामा शाक्यलाई दिन आग्रह गरेको छ। 

ऊर्जा मन्त्रालयले शाक्यलाई गत कात्तिक २१ गते प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनइए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो। त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो।

घिसिङलाई प्राधिकरणमा नदोहोर्‍याएको भन्दै सत्तासँगै विपक्षी दललगायत स्वतन्त्र नागरिक समाजले ओली सरकारको विरोध गरेका थिए। त्यस क्रममा ठाउँ ठाउँमा प्रदर्शन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.