|

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा व्यङ्ग्यात्मक कविता बाचन गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई परमादेशको सरकार भएकाले हटाउने समेत उनले दाबी गरे। 

बस्नेतले भने, 'अब जनता भन्दै छन् केपी बा आइ लभ यु, परमादेशवाला सरकार हटाइन्छ। जनादेशवाला सरकार ल्याइन्छ।'

कविता जस्ताको तस्तै:

एसएसबीले तुइन काटे,
जयसिंह धामी महाकालीमा डुबे,
सरकार भन्छ मौन बस्
समाचार नबनाउ,
प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप,
कांग्रेसको मेयरको घरमा खोप
उपसभापतिको घरमा खोप
होटलमा सत्तापक्षको कार्यकर्तालाई खोपै खोप
जनता दिनभर लाइनमा खोप न सोप ।

विचरा, सरकार व्यापारीलाई मन्त्री बनाउँछ,
दक्ष सचिव फेर्छ,
वीर हस्पिटलका एमडी फेर्छ
स्वास्थ्य माफियालाई संरक्षण गर्छ
देशमा बाढी पीडित जनता राहत पाइनँ भनेर कराउँदै छ
कांग्रेसमा विपक्षीहरु मन्त्री नपाए सत्तामा जान्न भन्दै छन् ।
कांग्रेसका वडा अध्यक्षहरू नगरपालिकाको कार्यालयहरु फोड्दै छन् ।
माओवादी जसपा भन्दैछन्,
मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए,
दिमागमा आतंक ल्याए, भुकम्प ल्याए।

परमादेश बाट बनेको सरकार तीन हप्ता भएछ।
मन्त्री परिषद गठन भएन,
न्युनतम साझा कार्यक्रम आएन,
प्रधानमन्त्री, अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुहोस्।
फलाना पार्टीका फलाना मन्त्रीलाई मन्त्री बनाइ पाउँ भनेर परमादेश जारी गराउनुहोस्
नत्र जनादेश विनाको सरकार चल्लाजस्तो देखिएन,
अब जनता भन्दै छन् केपी बा आइ लभ यु ।

परमादेश वाला सरकार हटाइन्छ।
जनादेश वाला सरकार ल्याइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.