|

विराटनगर : मंगलबारदेखि लगाउन थालिएको कोरोनाविरुद्धको ‘जोनसोन एण्ड जोनसोन’ खोप कार्यक्रम स्थानीयको अवरोधपछि स्थगित भएको छ। 

खोप कार्यक्रममा स्थानीय युवाको समूहले अवरोध पुर्‍याएपछि विराटनगर महानगरपालिका-८  कार्यालयले दुई दिनका लागि खोप कार्यक्रम स्थगित गरेको हो।अपांगता भएकालाई लगाउन थालिएपछि युवाहरूले खोप लगाउन अवरोध गरेका थिए। त्यसपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले खोप लगाउने कार्यक्रम स्थगित गरेका थिए।

विराटनगर-८ स्थित सप्तकोशी स्कुलमा मगंलबारदेखि सुरु गरिएको खोप कार्यक्रममा आफूहरू असुरक्षित भएको भन्दै स्वास्थ्यकर्मीले कार्यक्रम रोकेका हुन्।

८ नम्बर वडामा ३ सय वटा खोप आएको थियो। जसमध्ये ४५ वटा खोप लगाइसकेपछि स्थानीयले अवरोध गरेका केन्द्रकी स्वास्थ्यकर्मी अन्जु श्रेष्ठले जानकारी दिइन्। आफूहरूले अपांगता भएकालाई खोप लगाउँदै गर्दा स्थानीयले अवरोध गरेका उनको भनाइ थियो। 

‘हामीले अपांगता भएका व्यक्तिहरूलाई लगाउँदै थियौं,’ त्यही क्रममा स्थानीयले अवरोध गरेको गरे,’ उनले भनिन्, ‘उहाँहरूको उमेर ४८ र २८ वर्षको हुनुहुन्थ्यो।’ नेपाल सरकारले नै अपांगता भएकालाई जुनसुकै केन्द्रबाट खोप हान्न मिल्ने आदेश आएको थियो। खोप लगाउने क्रममा हामीलाई उनीहरूले अवरोध पुर्‍याए।’

स्थानीयको अवरोधपछि ३५० वटा आएको खोप मध्ये ३०० वटा खोप फिर्ता भएको छ। जसमध्ये ५ वटा स्थानीयको अवरोधका कारण बिग्रिएका र ४५ वटा खोप लगाएको त्यहाँ खटिएका स्वाथ्यकर्मीले बताएका छन्।

जनप्रतिनिधि नै थुनिए

५० वर्षभन्दा कम उमेरकालाई खोप लगाइदिएको भन्दै स्थानीय युवाको समूहले खोप कार्यक्रममा खटिएकी विराटनगर-८ की वडा सदस्य भारती पोखरेलाई थुनिदिएका थिए। ती युवाको समूहले वडासदस्य उपाध्यलाई विराटनगर-८ को खोपकेन्द्र सप्तकोशी स्कुलको कोठामा केहीबेर थुनेका हुन्। 

वडासदस्य उपाध्यलाई थुनिदिएपछि वडा प्रहरी कार्यालय ‘ख’ हाटखोबाट खटिएको प्रहरी टोलीले खोप केन्द्रको ढोका खोलेर उनलाई निकालेका थिए।

वडासदस्यलाई खोप केन्द्रमा थुन्नुअघि अराजक समूहले स्वास्थ्यकर्मीहरूलाई तथानाम गालीगलाैज गरेका थिए। विराटनगर-८ को खोप केन्द्रमा खटिएका चार जना स्वास्थ्यकर्मीले काम गर्ने वातावरण र शान्ति सुरक्षा ग्यारेन्टी नभएसम्म खोप नलगाउने बताउँदै आएका छन्।

खोप कार्यक्रममा अवरोध पुर्‍याउने र वडा सदस्यलाई खोप केन्द्रमा थुन्ने युवालाई पक्राउ गरी कारबाही माग्दै प्रहरीमा उजुरी दिने वडाध्यक्ष निश्चल आर्यालले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.