|

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दैछ। 

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल हुनेछ।  देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा पनि पार्टीका शीर्ष नेताहरुसँग थप छलफल गर्न लागेका हुन्। 

यस्तै क्रियाशील सदस्यता विवादका कारण निम्तिएको असहज परिस्थितिबारे पनि छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। कांग्रेसमा क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित हुने देखिएको छ। 

यहि विवादकै विषयमा हिजो पौडेल समूहले छुट्टै छलफल गरेर  विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई मान्ने गरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने प्रस्ताव गरेको छ। 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.