|

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले आदिवासी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ। फिप्नाको आयोजनामा यही अगष्ट ७ देखि २२ तारिखसम्म न्युयोर्कमा विभिन्न कार्यक्रम गर्न लागिएको हो।

अगष्ट ७ र ८ तारिखमा न्युयोर्कको कुइन्स ब्रिज पार्कमा भलिबल र फुटबल प्रतियोगिता आयोजना गरिएको छ। आदिवासी दिवस हरेक वर्ष अगष्ट ९ तारिखमा मनाइन्छ। उक्त दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको फिप्नाका महासचिव नरेन्द्र थापाले जानकारी दिए।

सोही कार्यक्रममा सबै संस्थालाई नेपाल डेसम्बन्धी संकल्प पनि वितरण गरिने उनले बताए। फिप्नाले अगष्ट २१ र २२ तारिखमा नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड वितरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा आदिवासी समुदायलाई आधार बनाएर तयार पारिएका चलचित्र देखाउनुका साथै उत्कृष्टलाई पुरस्कार दिइने फिप्नाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.