|

काठमाडौं : काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गरी काठमाडौंको मुख्य चोकहरुमा स्मार्ट बत्ती जडान गर्ने भएको छ। महानगरपालिकाले दशैंमा सडक उज्यालो बनाउन बत्ती जडान गर्न लागेको हो।

महानगरपालिका पूर्वाधार विकास विभागका प्रमुख राम थापाले बोलपत्र आह्वान गरिसकेकाले साउनभित्रै बत्ती जडान सुरु हुने बताए। उनले भने, ‘दशैं आउन लागेको छ, दशैंको बेला सडक झलमल्ल पार्ने हाम्रो योजना छ।’ उनका अनुसार सुरुमा अन्तर्राष्ट्रिय विमानस्थल, नयाँबानेश्वर,तीनकुने र कलङ्कीमा बत्ती जडान गरिनेछ। 

त्यसपछि पुतलीसडक, त्रिपुरेश्वरदेखि लैनचौर हुँदै महाराजगञ्जसम्म, गौशाला–चाबहिल‚ बौद्धलगायत भिआइपी क्षेत्रमा बत्ती जडान गर्ने उनले जानकारी दिए। यसका लागि करिब १४ करोड रुपैयाँ महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले बजेट पनि छुट्याएको थापाले बताए।

युरोपियन स्ट्यान्डरको स्वाचालित बत्ती जडान गरिने

महानगरपालिकाका पूर्वाधार विकास विभाग प्रमुख थापाले अब जडान गर्न लागिएकोे बत्ती युरोपियन स्ट्यान्डरको हुने बताए। ‘युरोपियन स्ट्यन्डरको करिब १७ सय थान बत्ती जडान गरिन्छ, यो स्वाचालित बत्ती हुन्छ,यसलाई स्मार्ट बत्ति भनिन्छ,’ उनले भने। 

बत्ती जडान भएपछि रातिको समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने महानगरपालिकाले विश्वस लिएको छ। महानगरपालिका अनुसार कालीमाटी,बालाजु,कलंकीलगायत क्षेत्रमा बत्ती नहुँदा अपराधिक घटना हुने गरेको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.