|

कोरोना महामारीमा थप शक्तिशाली रूपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्र रूपमा बढ्न थालेको छ।

यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ।

यहाँ गएको २४ घन्टामा १४६ जनाको यो संक्रमणबाट निधन भएको छ। यो संख्या गएको मार्चको १२ तारिख पछिको  सबैभन्दा धेरै हो। उता अधिकारीले गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्यांकले देखाएको छ।

बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ। योसमेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ।

कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरियन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन सरकारले भनिरहेको छ।

स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा २३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ। योसमेत गरी अहिलेसम्म बेलायतमा संक्रमणबाट ६१ लाखभन्दा बढी संक्रमित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.