|

काठमाडौं : टोकियो ओलम्पिकको सफल आयोजनापछि अब पारा ओलम्पिकको सुरुवात हुँदै छ। पारा ओलम्पिक खेलको आयोजना २४ अगस्टबाट ५ सेप्टेम्बरसम्म हुँदै छ।

पारा ओलम्पिक पनि कोरोना महामारीका कारण निर्धारित समयभन्दा १ वर्ष ढिला आयोजना हुन लागेको हो।

पारा ओलम्पिकमा विश्वभरका पारा (विकलाङ) खेलाडीहरूको सहभागिता रहने गर्दछ। ओलम्पिक जस्तै यो खेल पनि हरेक चार वर्षमा आयोजना हुने गर्दछ। यो प्रतियोगिता टोकियोका २१ मैदानमा १३ दिनसम्म चल्नेछ।

यो पटक टोकियो ओलम्पिकमा १३६ देशले सहभागिता जनाएका छन्। यो पटक थप दुई देश भुटान र गुयानाले डेब्यु गर्दै छन्। रसियाले रसियन ओलम्पिक कमिटीको नामबाट स्पर्धा गर्दा तालिवानको कब्जामा रहेको अफगानिस्तानका खेलाडी मैदानमा देखिने छैनन्।

टोकियो ओलम्पिकमा यो पटक ३६ सय ८६ खेलाडीले २२ खेलका ५४० इभेन्टमा सहभागिता जनाउनेछन्। जसमध्ये अधिकांश खेल ओलम्पिकमा खेलेकै छन्। टोकियो ओलम्पिक दर्शकबिना हुनेछ। पारा ओलम्पिकमा पनि कडा कोरोना प्रोटोकल लागू हुनेछ।

पारा ओलम्पिकमा पनि अहिलेसम्म सर्वाधिक मेडल जित्ने देश संयुक्त राज्य अमेरिका हो। अमेरिकाले अहिलेसम्म पारा ओलम्पिकमा २१ सय ७५ मेडल जितेको छ। जसमा ७७२ स्वर्ण जित्दा ७०० रजत र ७०३ कांस्य छन्।

दोस्रो नम्बरमा बेलायत छ। बेलायतले १७ सय ८९ पदक जितेको छ। जसमा ६२६ स्वर्ण, ५८४ रजत र ५७९ कांस्य रहेका छन्।​ यसअघि रियो ओलम्पिकमा भने चीनले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक १०७ स्वर्ण, ८१ रजत र कांस्य जित्दै शीर्ष स्थान हासिल गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.