|

काठमाडौं : गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गरेका छन्।

उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी दिए। उनले भने, 'म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफुले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु।

मन्त्री थापाले नेपाली कांग्रेसको सरकार आएपश्चात् पोखरा-३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोही अनुरुपको काम भइरहेको बताए। सरकारी निवाससमेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफु समर्पित हुने प्रतिबद्धता जनाए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.