|

पोखरा : भीषण वर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुल नजिकको मुख्य सडक भासिएको छ। अविरल वर्षासँगै आएको भलपानीले सेलवेजपारिको गरिमा विकास बैंक तथा उत्तम भाँडा पसल सामुन्नेको पक्की पिच भासिएको हो।

पोखरामा आइतबार साँझबाट सुरु भएको भीषण वर्षासँगै आएको ठूलो भलका कारण घर नजिकैको सडक भासिएपछि स्थानीयवासी त्रसित बनेका छन्। 

पोखराको उत्तरी क्षेत्र विन्ध्यवासिनी मन्दिर र नदीपुर हुँदै आएको भल पानी भासिएको जमिनमा पसेपछि स्थानीयवासीले खतरा महशुस गरेका हुन्। सडकमा करिब पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भासिएको छ। 

जमिन भासिनेक्रममा विद्युत् र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि असर परेको थियो। सडक भासिँदा पार्किङ गरी राखिएको नानो कारको केही भाग धसिए पनि तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.