|

सप्तरी : दुई देशका परिचयपत्र फेला परेपछि एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डल रहेको प्रहरीले जनाएको छ।

नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नम्बर ६६७३ छ। जन्म मिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र नम्बर ०६७४५८७४ छ।

उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ। दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.