|

दाङ : दाङ-काठमाडौंको हवाइ भाडामा समायोजन भएको छ।

बिहीबार देखि लागू हुने गरी भाडा दरमा समायोजन भएको नेपाल वायुसेवा निगम तुलसीपुर दाङका प्रमुख निमकान्त लम्सालले जानकारी दिए ।

उनका अनुसार बिहिबारदेखि लागू हुनेगरी न्यूनतम हवाइ भाडादर ५ हजार ७७० देखि ६ हजार २७० रुपैयाँ तोकिएको हो। यसअघि काठमाडौं-दाङको भाडा दर ७ देखि ९ हजार २५५ रुपैयाँ रहेको थियो।

भाडादर महँगो हुँदा यात्रुहरूले महिनौँदेखि मार खेप्दै आइरहेका थिए।

वि.सं. २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ एयरपोर्टमा हप्ताको ५ दिन उडान हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.