|

सल्यान : मदन भण्डारी लोकमार्गअन्तर्गत तुलसीपुर–कालिमाटी–बाटेचौर सडकखण्डको कालोपत्रे गर्ने सम्झौताको म्याद सकिए पनि आधा काम भएको छैन।

कालिका जेभीले २०७८ असार २० सम्म कालोपत्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। यस अवधिमा ३० किलोमिटरमध्ये पाँच किलोमिटर मात्र कालोपत्रे भएको छ। कालिकाले ४४ करोड रुपैयाँमा कलोपत्रे गर्ने सम्झौता गरेको हो।

ठेकेदार कम्पनीको लापरवाहीका कारण कालीमाटीको सिमलकुनादेखि सल्यान–सुर्खेतको सिमाना काच्लेडाँडासम्म सडकको दयनीय रहेको स्थानीय पुरुषोत्तम भट्टाराईले बताए। उनका अनुसार दाङ र सल्यानको सिमानामा पर्ने एक्लेबरदेखि कालीमाटी गाउँपालिकास्थित शारदा पुलसम्म मात्र कालोपत्रे भएको छ।

कालिका जेभीका ठेकेदार ठाकुर कँडेलले कोरोनाका कारण सडक निमार्णमा ढिलाइ भएको बताए। कोरोना महामारीका कारण लगातार दुई वर्षसम्म सडक निर्माण ठप्प भएको उनको भनाइ छ। लकडाउनकै कारण सममै कच्चा पदार्थ ल्याउन नसकिएको कँडेलले बताए।

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर अमीर सुवेदीले ठेकेदारले जनशक्ति र आवश्यक सामग्रीको व्यवस्था गर्न नसक्दा काममा ढिलाइ भएको बताए। काम छिटो गर्न पत्र काटेको तर ठेकेदार कम्पनीले बेवास्ता गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.