|

शुक्रबार दैनिक पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयले यहाँ कुनै पनि जित चीन र रुस दुवैका लागि महत्वपूर्ण भएको बतायो।

चिनियाँ विदेशमन्त्री वाङ यीले एकपटक फेरि केही मानिसहरूले इतिहास भुल्न खोज्दै गएको र चीनले इतिहास भुल्न नदिने बताएका छन्।

उनले यो भनाइ को तर्फ इंगित गरे भन्ने अन्योलता छ। तर, एशियाका दुई शक्तिशाली राष्ट्र चीन र जापानबीचको कटूतासम्बन्धबारे हामीले बिबिसीबाट निकाल्ने कोसिस गरेका छौं।

चीन र जापानको दुश्मनीको कथा

जापान र चीनबीच शत्रुतापूर्ण सम्बन्ध छ। किनभने यी दुईको इतिहास सुमधुर छैन।  डिसेम्बर १९३७  मा चिनियाँ शहर नानजिंगमा सुरु भएको नरसंहार पक्कै सबैलाई याद छ।

जापानी सैनिकहरूले नानजिंग शहरलाई आफ्नो नियन्त्रणमा लिएका थिए।  त्यति मात्र होइन उनीहरूले हत्या, बलात्कार र डकैती गरेका थिए। यो नरसंहार १९३७  को डिसेम्बर महिनामा सुरु भयो र १९३८ को मार्च महिनामा सकिएको थियो।

इतिहासकार र च्यारिटी संगठनहरूको अनुमानअनुसार उक्त समय  तीन लाख मानिसहरूको मृत्यु भएको थियो। तीमध्ये अधिकांश महिला र बालबालिका थिए। महिलाहरूको पनि ठूलो संख्यामा बलात्कार भएको थियो। तर, जापानका धेरैजसो इतिहासकारहरू यो मापनको नरसंहारलाई इन्कार गर्छन्। केहीले बलात्कार र हत्यालाई स्वीकार गर्छन् तर ठूलो संख्याले यसलाई अस्वीकार गर्दछ।

चीन र जापान युद्ध

१९३१ मा जापानले चीनको मञ्चुरियामा आक्रमण गर्‍यो। जापानले नियन्त्रणमा लिएको रेलवे लाइन नजिक भएको विस्फोटपछि जापानले उक्त आक्रमण गरेको थियो। त्यो सयमा चिनियाँ सैनिकहरू जापानी सैनिकहरूको तुलनामा कमजोर थिए। जापानले धेरै चिनियाँ क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लिन सफल भयो।

जापानले चीनमा आफ्नो पकड त्यसबेला बलियो बनाएको थियो। जतिबेला चीन कम्युनिस्ट र राष्ट्रवादीहरूको गृहयुद्धमा फसेको थियो।  चीनका राष्ट्रवादी नेता चियांग काई-शेकले नानजिङलाई राष्ट्रिय राजधानी घोषणा गरेका थिए।

धेरै जापानीहरूलाई लाग्छ कि चीनमा जापानको अत्याचार त्यहाँ पाठ्यपुस्तकहरूमा अतिरञ्जित तरिकाले प्रस्तुत गरिएको छ। यद्यपि यो एक ऐतिहासिक तथ्य हो कि १९३१ मा जापानले चीनको मञ्चुरियालाई ठूलो आक्रमण गरेर कब्जा गरेको थियो।

यसको परिणामस्वरूप १९३७ मा एक व्यापक युद्धको सुरुवात भयो। लाखौं चिनियाँहरूको मृत्युपछि १९४५ दोस्रो विश्वयुद्धको अन्त्यसँगै समाप्त भयो।

पूर्वी एसिया दोस्रो विश्वयुद्धको युद्धभूमि मानिन्छ। दोस्रो विश्व युद्धले यस क्षेत्रको केन्द्रमा राष्ट्रिय गौरव ल्याउन ठूलो भूमिका खेलेको छ। चीन आजको मितिमा आर्थिक र सैन्य शक्तिमा धेरै माथि पुगिसकेको छ। चीनको वर्तमान उसको अतीतले पनि महत्वपूर्ण भूमिका खेलेको छ।

पाठ्यपुस्तकमा अपमानको इतिहास

चीनले आफ्नो अपमानजनक इतिहासलाई आफ्नो पाठ्यपुस्तकको हिस्सा बनाएको छ। आउँदो पुस्तालाई यहाँसम्म आइपुग्न उसले कति अपमान सहनुपरेको छ बुझाउन खोजेको छ।

चीनले १८३९ को पहिलो अफिम युद्धबाट दोस्रो विश्वयुद्धसम्म कसरी पीडित भयो भनेर आफ्ना नागरिकहरूलाई सम्झाइरहन्छ। चिनियाँ नागरिकहरूलाई बिर्सन अनुमति छैन। किनभने चीन जापान र पश्चिमको उपनिवेशवादीहरूबाट कसरी अपमानित भयो।

सन् २०१४ मा चीनले नानजिङमा मारिएकाहरूको सम्झनामा हरेक वर्ष डिसेम्बर १३ मा बिदाको घोषणा गरेको थियो। चीनले नानजिङ नरसंहारका लागि जापानसँग माफी माग्न भनिरहेको छ।

चीनले जापानका (शिन्जो आबे जो तत्कालीन पूर्व-प्रधानमन्त्री हुन्) लाई नानजिङ मेमोरियल भवनमा आएर माफी माग्नुपर्ने बताएको थियो।  जब युनेस्कोले नानजिङ नरसंहारसम्बन्धी दस्तावेजलाई एक विश्व कीर्तिमानको रूपमा सुरक्षित गर्ने निर्णय गर्‍यो, जापानले कडा आपत्ति जनायो। जापानले युनेस्कोलाई आर्थिक सहयोग बन्द गर्‍यो।

नागरिकमा पनि कटूतापूर्ण व्यवहार

रिसर्चका अनुसार जापान र चीनका नागरिकहरूमा कटूता धेरै छ। प्यू रिसर्चका अनुसार मात्र ११ प्रतिशत जापानीहरू चीनको बारेमा सकारात्मक राय राख्छन्, जब कि १४ प्रतिशत चिनियाँहरू जापानको बारेमा सकारात्मक छन्।

यो भनिन्छ कि १९४९ र १९७६ को बीच माओको युगका दौरान नानजिंगको नरसंहारलाई उपेक्षा गरिएको थियो। यसको एउटा कारण यो पनि थियो कि त्यो समयमा चीन मा कम्युनिष्टहरू र राष्ट्रवादीहरूबीच एक गृहयुद्ध थियो।

राष्ट्रवादीहरूले नानजिङलाई राष्ट्रिय राजधानी घोषणा गरे।  १९३० को दशकमा थोरै कम्युनिष्टहरू शहरमा बस्थे।

चीनमा राष्ट्रवादीहरूको पराजयपछि १९४९ मा एकीकरण सुरु भएको थियो। कम्युनिष्टहरूको दाबी छ कि उनीहरूले जापानीहरूसँग युद्ध जितेका थिए र गृहयुद्ध पनि जितेका थिए।

माओको मृत्युको ६ वर्ष पछि अवस्था छिटो परिवर्तन भयो। जुलाई १९८२ मा जापानी शिक्षामन्त्रीले एउटा पाठ्यपुस्तक प्रकाशित गरे। जसमा दोस्रो विश्वयुद्धमा जापानको भूमिका समेटेको थियो।

नागरिकस्तरमा समस्या

चीनलाई जापानले आफ्नो इतिहास भुलिरहेको भन्ने लाग्छ तब त्यो इतिहास भुल्न नदिन चीन सदैव लागिरहन्छ। चीनले यस नरसंहारसँग सम्बन्धित एक संग्रहालय खोलेको थियो। १९८२ भन्दा पहिले चीनमा नानजिंग नरसंहारको सम्बन्धमा कुनै कागजात प्रकाशित भएको थिएन।

चीन र जापान विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र हुन्। दुई देशबीचको समस्या कूटनीतिकस्तरमा मात्र हैन नागरिकको स्तरमा पनि छ।

दुई देशहरू बीच दुई साना टापुहरूमा विवाद छ। एउटा टापु सेन्काकु हो जो जापानमा छ र अर्को टापु डिओयु हो जो चीनमा छ। दुवै देशले यहाँ आ-आफ्नो नौसेना सेनाको गस्ती बढाएका छन्।

१ हजार ५ सय वर्षदेखिको खराब सम्बन्ध

जापानको उपप्रधानमन्त्रीको रूपमा तारो आसो २००६ मा भारत भ्रमण गरे। त्यसबेला उनले एक वक्तव्यमा भनेका थिए, 'विगतमा १५०० सय भन्दा बढी वर्षहरूदेखि चीनसँग हाम्रो सम्बन्ध राम्रो भएको इतिहास छैन।'

१९७२ मा जापानी प्रधानमन्त्री काकुई तनाकाले चीनको भ्रमण गरेका थिए। उनले यो भ्रमणको क्रममा चीनसँग सम्बन्ध सुधार गर्ने प्रयास गरे। जापानले १९३० देखि ४० को दशकसम्म चीनमाथि यति धेरै सैन्य आक्रमण देखाएको थियो, उही चिनियाँ नायक माओले जापानी प्रधानमन्त्रीलाई अस्पताल सत्कार गरेका थिए।

जब माओलाई जापानी प्रधानमन्त्री काकुईले माफी माग्ने बारेमा सोधेका थिए। तर, माओले यसको कुनै आवश्यकता नरहेको बताएका थिए। माओले भनेका थिए, 'जापानी आक्रमणबिना चीनमा कम्युनिष्ट क्रान्ति सम्भव थिएन।'

दुश्मन को दुश्मन- साथी

आज पनि चीनमा कम्युनिष्ट पार्टीको शासन छ र सी जिनपिङलाई माओको दर्जा दिइएको छ। माओले जापानको विगतको हमला बिर्सेको हुन सक्छन्। तर, सी जिनपिङले भने भुलेका छैनन्। पूर्वी चीन सागर मा दुई देशबीचको तनाव सर्वविदित छ। जापान दक्षिण चीन सागरमा ताइवान, संयुक्त राज्य अमेरिका र मलेसियासँग मित्रवत सम्बन्धमा छ।

चीन भारतसँग जापानको बढ्दो सम्बन्धबारे पनि खुसी छैन। जापानको सहयोगमा भारतले चीनसँगको सीमामा पूर्वाधार विकास गरिरहेको छ। अर्कोतर्फ, उत्तर कोरिया जापानको लागी खतरा बनेको छ।

एकै समयमा उत्तर कोरिया र चीनको बीच राम्रो सम्बन्ध रहेको कुरा लुकेको छैन। जसरी चीन र जापानको बीच शत्रुताको एक इतिहास छ। त्यस्ते, सम्बन्ध भारत र चीनको बीचमा छ।  यो स्थितिमा भारत र जापानको मित्रता बुझ्न धेरै गाह्रो छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.