|

झापा : बिरिङ खोलामा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मृत्यु मोरङको सुनवर्सी नगरपालिकाकी ३८ वर्षीया उमा विश्वकर्माको फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

उमाको शव आइतबार बिहान कनकाई-७ स्थित बिरिङ खोलामा फेला परेको हो। उनी झापाको कनकाई नगरपालिका-८ स्थित माइती घर बस्दै आएकी थिइन्। उनीसँगै रहेको अढाई वर्षको छोरा बेपत्ता भएकाले खोजी भइरहेको डिएसपी थापाले बताए।

छोरालाई लिएर उनी घरमा कसैलाई जानकारी नगरी राति हिँडेको बताइएको छ। घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

त्यस्तै‚ कचनकवल गाउँपालिका-१ स्थित नीलडाँडा नजिकैको पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नीलडाँडाका ४८ वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

तामाङ परिवारका सदस्य कसैलाई जानकारी नगराई शुक्रबार साँझ ५ बजे घरबाट हिँडेका थिए। परिवारजनले उनी हराएकोबारे प्रहरी चौकी घेराबारीलाई जानकारी गराएका थिए। प्रहरीले उनको खोजी गर्ने क्रममा आइतबार बिहान ८ बजे पैनीमा डुबेको अवस्थामा शव फेला पारेको थियो। उनी गाउँघरमा मादक पदार्थ सेवन हिँड्ने गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.