|

काठमाडौं : सरकारले दसैं सम्म ३३ प्रतिशतलाई खोप दिने योजना रहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसै‌ंसम्म ३३ प्रतिशतलाई खोप दिने सरकारकाे योजना रहेको  बताए।

सरकारले अब छिट्टै २ करोड ५० लाख डाेज खोप ल्याउने तयारी गरेकोसमेत उनले जानकारी दिए। यस्तै अबको एक हप्तामा चीनबाट ४४ लाख भेरोसेल खोप आउने समेत उनले बताए।

सरकारले अब दसैंमा भारतबाट नेपाल आउनेको संख्या बढ्ने भएकोले सीमा नाकामा भारतबाट आउने नागरिकहरुलाई लक्षित गरेर खोप लगाइने समेत उनले बताए।

यस्तै उनले बालबालिकाका लागि मोडर्ना र फाइजरको खोप ल्याउने सरकारको तयारी रहेको र ४० लाख मोडर्ना खोपको लागि रकम भुक्तानीसमेत गरिसकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.