|

काठमाडाैं : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) ले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाएको छ। 

बिहीबार केसीलाई भेटन अनसनस्थल पुगेका वाइसिएल अध्यक्ष आरसी शर्मा नेतृत्वको टोलीले डा. केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै उनको मागहरु अविलम्ब पूरा गर्न सरकारसँग माग समेत गरेको छ।

‘नेपालको चिकित्सा क्षेत्रमा देखिएका बेथितिका कारण समग्र चिकित्सा क्षेत्र नै धराशायी बनी सम्पूर्ण नेपाली जनताको स्वास्थ्य सुरक्षामा नै खतरा उत्पन्न हुने अवस्थाबाट देशलाई बचाउन डा. गोविन्द केसीले संघर्षस्वरुप गर्नुभएको आमरण अनसनप्रति हाम्रो संगठन ऐक्यबद्धता व्यक्त गर्दछ’, केसीसँगको भेटपछि अध्यक्ष शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसै सन्दर्भमा राज्यको बेथिति नियन्त्रण गर्न जिम्मेवार निकायको यसप्रतिको अभिव्यक्ति नै त्रुटिपूर्ण आएको कुराप्रति पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.