|

तीजको समयमा आमा र भाउजु हुने चेलीको लागि तीज जति ख रमाइलो आउँछ त्यति अरूको लागि सायदै होला। म आमा गुमाइसकेकी र भाउजू नभएकी चेली भएकीले मलाई त्यस्तो लागेको पनि हुन सक्दछ।

किनकी तीज पञ्चमीमा हजुरआमा, आमा काकीहरू मिलेर दर पकाएर खाएको, सुनसरी खोलामा गएर नुहाएको अनि गाउँभरिका सबै महिलाहरू एकै ठाँउमा भेला भएर पूजा लगाएको माइती इनरूवाको सम्झना हरेक तीजको समय दिमागमा आउँछ नै। त्यतिबेलाको जस्तो  रमाइलो आफु हजुरआमा भइसक्दा पनि फेरि अनुभव गर्न पाएकी छैन। अहिलेको तीजको रहर आयो बरि लै भन्ने गीतले मलाई नचाउन सकेको छैन। 

तीजको पुजा गर्ने भन्दै तेस्रो पल्ट फेरि त्यै मन्दिरमा म पुगेकी थिएँ। तीजको दिन भएकोले  होला बाहिर देखिनै भिड थियो मन्दिर।   देब्रे पट्टि ठूलो हल थियो भने दाहिने तिर छेउमा मानिस हिड्ने बाटो थियो। त्यै बाटोमै  टेबुलमा रसिद प्याड लिएर लहरै छ सात जना सयंसेवकहरू व्रतालुसित पैसा लिदैँ रसिद दिदैँ गरिरहेका थिए।

सन २०१९ तीजको बेलामा म लन्डनमा थिए। उमेरले म भन्दा कान्छी भए पनि साइनोले जितेर फूपू हुनु भएकी बिनीता वाग्ले फुपुको घरमा मेरो तीज हुँदै थियो।

यस्तो व्यस्ततामा तीज के कस्तो आउला र भन्ने मेरो मनमा लागेको थियो। तीज भनेर हुरुक्क नहुने मेरो स्वभावलाई त्यो समयको तीजले कुनै असर पनि गरेको थिएन। तीज भन्दा मेरो लागि लन्डन घुम्नुले प्राथमिकता पाइरहेको थियो।

संसारको जुनसुकै ठाँउमा पुगे पनि हिन्दु धर्मावलम्बी महिलाले तीज के बिर्सन सक्दथ्ये र?  दर खाने दिन  फुपाजु, भोलाकाका, रञ्जु काकी , रश्मि र ज्योति बुहारीले कामबाट बिदै लिनु भएछ। भान्सामा पकाउने जनशक्तिको कुनै कमी भएन्।

नाच गान सुरूभयो। रातीसम्म खाँदै नाच्दै गरेर रमाइलो गर्यौ। नेपालमा लोपोन्मुख भएको संगिनी नाच पनि त्यहाँ नाचियो। नेपालको धेरै ठाँउबाट त्यहाँ पुगेका नेपालीहरू एकै ठाँउमा भेला हुँदा लोपोन्मुख भएको संगिनी नाच पनि जान्ने दिदीको साथीले हामीलाई पनि गाउन र नाच्न सिकाइदिनु भयो।
एघार वर्ष पहिले न्यूयोर्कको क्विन्सस्थित सत्यनारायण मन्दिरमा तीजको दरको कार्यक्रममा नाचेको यो ज्यान दोस्रोपल्ट लन्डनमा नाच्न पुग्यो। नेपाली संस्कार र संस्कृतीलाई हामीभन्दा बढी जीवन्त राख्ने त विदेशमा रहेका नेपालीहरू नै होलान् जस्तो लाग्यो।

भोलीपल्ट मन्दिर जाने भनेर रातो सारीमा सजिएर तयार भएर बस्यौ। आल्पाटन स्थित सनातन हिन्दु मन्दिरमा पुगेर गाडी रोकियो। तीजको पुजा गर्ने भनिएको मन्दिरमा त म यो भन्दा पहिले पनि आइसकेकी थिए। अन्तराष्ट्रिय नेपाली साहित्य समाज को छैठौ सम्मेलनमा भाग लिन गएका मध्ये प्रतीक ढकाल दाइ , रेणुका सोलु , गीता मैनाली र मलाई भाइ मदन पौडेलले रेणुको दिदीको घरमा पुर्याएर फर्किदा पहिलो पल्ट यो मन्दिर देखेकी थिए।

त्यो समय साँझ परेकोले मन्दिर बन्द भइसकेको थियो। हामीले भित्र पस्न पाएका थिएनौ। त्यो बेला हामी मन्दिर बाहिरबाट कलात्मक बुट्टा कुदिएको पाँचवटा गजुर भएको मन्दिर हेरेर फर्किएका थियौँ। 

दोस्रो पटक मन्दिर हेर्ने मौका पाएँ मैले। बाहिरबाटै हेर्दा कतै इन्डियामा भएको मन्दिरमा पो जाँदैछु कि जस्तो लागेको थियो। भित्र पस्दा त साँच्चै इन्डियनले नै बनाएको मन्दिर पो रहेछ।

भित्तामा खोपी बनाएर संगमरमरका ४१ वटा मुर्ति वरिपरि राखिएको रहेछ। पहेँलो कुर्तामा रातो सल र रातै धोती लगाएका इन्डियन पुजारीहरू यताउता गरिरहेका थिए हलमा।  शिव पार्वती, राधाकृष्ण, गणेश, हनुमान जस्ता आफूले सधै बिहान बेलुका घरमा पुजेका भगवान त त्यहाँ पनि थिए नै। त्यस बाहेक इन्डियामा रहेका अन्य धर्मावलम्वीहरूका धर्मगुरु जस्तो शिख धर्मका गुरु नानक, स्वामी नारायण भगवान र साइबाबाको मूर्ती पनि देखेँ।

भगवानको साथसाथै मैले त त्यहाँ समाजसेवामा नाम कमाएकी मदर टेरेसाको पनि मुर्ती देख्दा अचम्म लाग्यो। दुईतीन जना भक्तालु टम्म बसेर ध्यान गरिरहेका थिए। मलाई त्यहाको माहौल ज्यादै शान्त लागिरहेको थियो। मन्दिर भित्र भएको सकरात्मक तरंङ्गमा मन तरंगित हुन पुग्दछ। मन शान्त हुन्छ जस्तो लाग्दछ।

तीजको पुजा गर्ने भन्दै तेस्रो पल्ट फेरि त्यै मन्दिरमा म पुगेकी थिएँ। तीजको दिन भएकोले  होला बाहिर देखिनै भिड थियो मन्दिर।   देब्रे पट्टि ठूलो हल थियो भने दाहिने तिर छेउमा मानिस हिड्ने बाटो थियो। त्यै बाटोमै  टेबुलमा रसिद प्याड लिएर लहरै छ सात जना सयंसेवकहरू व्रतालुसित पैसा लिदैँ रसिद दिदैँ गरिरहेका थिए। पुजा लगाउनेको लागि रहेछ त्यो रसिद। पुजामा के के सामान राख्ने त्यो आधारमा तीस चालीस पाउण्ड लिएर रसिद दिइने रहेछ।

पहिले भित्र हेरेर आऊँ भन्दै दिदीहरू अगाडि बढ्नुभयो। हलभित्र नाचगान भइरहेको थियो। ओहो कति नेपाली महिलाहरू भिड। विदेशको व्यस्त जीवनबाट एक दिन समय निकालेर भेला भएर आफ्नो संस्कार र संस्कृतिलाइ जोगाएर रमाइलो गरेको देख्दा मेरो त आँखै रसाएका थिए।
आफ्नो धर्म सस्कृतिले नै मानिसलाई संसारको जहा पुगेपनि मातृभूमीसित जोडने  नै रहेछ। मातृभूमीबाट लिएर आएको संस्कृति र संस्कार त त्यहाँ देखिरहेकी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.