|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर एक हजार ५ सय ६२ जना कोरोना संक्रमित भेटिएका छन। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १४ हजार चार सय ४३ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा एक हजार पाँच सय ६२ जना संक्रमित भेटिएका हुन। 

यो अवधिमा १९ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर २६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयको विवरणअनुसार आज १५ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टामा देशभर ८८ हजार एक सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.