|

बर्दिया : कोरोना महामारीको दोस्रो लहर बढेपछि गत वैशाखदेखि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुुञ्ज करिब पाँच महिनापछि पर्यटकका लागि खुला गरिएको छ। 

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि आजदेखि प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए। दशैं, तिहारलगायतका चाडपर्वका समयमा बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए।

निकुञ्जभित्र हुने हात्ती सफारी, भने अहिले खुला गरिएको छैन। जिप सफारी र जंगल वाक, ¥याफ्टिङ, ढुंगा विहार, फिसिङ, क्याम्पिङ गर्न मात्रै अनुमति दिइएको छ। पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै बस्नुपर्ने, पैदल अवलोकन गर्दा एकजना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले बताए।

निकुञ्ज खुला गरिएपछि व्यवसायीहरुले खुसी व्यक्त गरेका छन्। पर्यटक आवागमन रोकिएपछि आर्थिक रुपमा धरासयी भएका छन्। पर्यटकका लागि निकुञ्ज खुला गरिएसँगै छिटफट रुपमा पर्यटकहरु आउन थालेको प्रमुख संरक्षण अधिकृ श्रेष्ठले बताए। 

‘निकुञ्ज अवलोकनका लागि पर्यटकहरु आउने क्रम विस्तारै सुरु भएको छ,’ उनले भने, ‘यो पर्यटक भित्रिने समय पनि हो। आशा छ, अब विस्तारै पर्यटकहरु बढ्ने छन्।’

बर्दियाको मुख्य पर्यटकीय क्षेत्र ठाकुरद्वारामा साना ठूला गरी २४ वटा होटल सञ्चालनमा छन्। बर्दिया निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नका लागि पनि आउने गर्छन्। यहाँ ८७ वटा बाघ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.