|

हेटौंडा : नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत भएको गाउँ÷नगर अधिवेशनमा मकवानपुरको १० स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ। 

कांग्रेस मकवानपुरको प्रवक्ता प्रदिप कोइरालाको अनुसार बकैया गाउँपालिकामा दिलबहादुर भोम्जन र इन्द्रसरोवर गाउँपालिकामा विश्व लामा सर्वसम्मत रुपमा चयन भएका छन्। 

निर्वाचन पद्धतिबाट हेटौंडा उपमहानगरपालिकामा उत्सव इटेनी, थाहा नगरपालिकामा प्रमोद जोशी, मनहरी गाउँपालिकामा प्रकाश बर्तौला, भीमफेदी गाउँपालिकामा सञ्जिव श्रेष्ठ, मकवानपुरगढी गाउँपालिकामा राजवीर लामा, बागमती गाउँपालिकामा खडेन्द्र तिमल्सिना, कैलाश गाउँपालिकामा राजेन्द्र घिसिङ र राक्सिराङ गाउँपालिकामा बिरेन्द्र  जिम्बा सभापतिमा निर्वाचित भएका छन्। 
 
प्रवक्ता कोइरालाले शनिबार भएको अधिवेशनबाट मकवानपुरको १० स्थानीय तहमा ४६० सदस्यीय कार्यसमिति चयन भएको जानकारी दिए। उनका अनुसार अधिवेशनले हेटौंडा उपमहानगरपालिकामा ९५, थाहा नगरपालिकामा ६०, बकैया गाँउपालिकामा ६०, बागमती, भीमफेदी, मनहरी र राक्सिराङमा ४५/४५, मकवानपुरगढीमा ४० र ईन्द्रसरोवर गाउँपालिकामा २५ सदस्यीय कार्यसमिती चयन गरेको छ।

प्रवक्ता कोइरालाले कांग्रेसको क्रियाशिल सदस्यता र कार्यसमितीमा युवाहरुको संख्या बढेको भए पनि नेतृत्वमा नै युवाहरुको पहुँच भने नपुगेको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.