|

झापा : नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत झापाका स्थानीय तहमा निर्वाचित पदाधिकारीमा नेता कृष्णप्रसाद सिटौला निकट समूह निकटको वर्चश्व रहेको छ। १५ वटा स्थानीय तहमध्ये १४ मा सिटौलानिकट समूहका उम्मेदवार निर्वाचित भएका छन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको गृह नगर मेचीनगरमा मात्र शर्मा समूहका उम्मेदवारले जितेका छन्। त्यहाँ सिटौला प्यानलका उम्मेदवार कोही थिएन।

शनिवार र आइतबार भएको अधिवेशनमा कचनकवल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र झापा गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको हो। बाँकी ११ पालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो।

कचनकवलमा तुलाराम अधिकारी, हल्दिबारीमा गंगा प्रसाईँ, झापामा सागीरथ गणेश र बुद्धशान्ति गाउँपालिकामा चक्र सेर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सिटौलाको गृह भद्रपुरमा उनीनिकट पाँचजना सभापतिमा चुनाव लडेका थिए। चुनावी प्रक्रियाबाट भद्रपुर नगर सभापतिमा रामबहादुर कँडेल निर्वाचित भएका छन्।

बिर्तामोडको सभापतिमा भोजराज सिटौला निर्वाचित भएका हुन। अर्जुनधारामा नगर सभापतिमा हेमराज खरेल विजयी भएका छन्। शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत सभापति पदमा निर्वाचित भएका छन्।

त्यसैगरी बाह्रदशी गाउँपालिकाको सभापतिमा इन्द्र बस्नेत निर्वाचित भएका छन्। दमक नगर सभापतिमा प्रकाश प्रसाईँ विजयी भएका छन्। कमल गाउँपालिकामा सभापतिका उम्मेदवार बुद्धिराज न्यौपाने र खगेन भण्डारीको मत बराबरी आएपछि गोला प्रथाबाट निर्णय गरिएको मतदान अधिकृत कुमार खतिवडाले बताएका छन्। गोलाप्रथामा बुद्धिराज न्यौपाने विजयी भएका छन्।

कनकाई नगर सभापति दुर्गा प्रसाईँ निर्वाचित बनेका छन्। त्यस्तै‚ गौरीगञ्ज गाउँपालिकामा सभापति पदमा आग्नुप्रसाद राजवंशी निर्वाचित भएका छन्। मेचीनगर नगरपालिकाको सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन्

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.