|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि थाइल्यान्ड लगिने भएको छ। पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनलाई थप उपचारको लागि बुधबार बिहान थाइल्यान्ड लगिन लागिएको हो।  

पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ उनी बैंकक जाने तयारी छ। लामो समयदेखि कमलपित्तबाट पीडित नेता पुनको स्वास्थ्यमापछिल्ला केही दिनदेखि समस्या देखिएको छ। 

नेता पुनलाई कमलपित्तको मात्रा बढेको, बान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूको सल्लाहमा उपचारको लागि थाइल्यान्ड लगिन लागेको स्वकीय सचिव सन्तोष पुनले बताए। 

नेता पुनलाई थाइल्यान्डको बु्रमुङगार्ड अस्पतालमा उपचार गराउने तयारी गरिएको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.