|

बर्दिया : गुलरिया नगरपालिका–८ मा भादा नदीमा डुबेर एक महिलाको शुक्रबार मृत्यु भएको छ। प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन।

भादा नदीमा अन्दाजी ५०–५५ वर्षकी महिला बग्दै गरेको जानकारी पाएलगत्तै महिलाको उद्दार गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीले थपुवाबाट महिलाको उद्धार गरेको थियो।

प्रहरीले महिलाको उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालमा पु¥याएको थियो। उपचारकै क्रममा महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। शव जिल्ला अस्पतालमा राखिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.