|

जुम्ला : जुम्ला निर्वाचन क्षेत्र नम्बर (क) र (ख) को नेपाली कांग्रेस कार्यसमितिमा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएको छ। क्षेत्र नम्बर (क) मा लछिमन बोहोरा र (ख) मा कालीवहादुर बुढा सभपातिमा विजयी भएका छन्। 

बोहोराले शेरबहादुर देउवा समूहका उम्मेदवार नारायण शाहीलाई पराजित गरेका हुन्। बुढाले देउवा समूहकै भीमनिधि हमाललाई पराजित गरेका हुन्। 

क्षेत्र नम्बर (क) मा पौडेल पक्षका उपभासतिमा तिलकप्रसाद न्यौपाने र रुपवहादुर रोकाया विजयी भएका छन्। सचिवमा तिर्थराज न्यौपाने र अर्जुन महतारा विजयी भएका छन। सहसचिवमा छाया बोहोरा र बुद्धि तामाङ विजयी भएका छन्।

यस्तै, क्षेत्र नम्बर (ख) को उपसभापतिमा दानसिंह खत्री र कालीवहादुर बुढा, सचिवमा जंग रोकाया र अमर खत्री, सहसचिव दानबहादुर रावत र नरवहादुर शाही विजयी भएका छन्।  

स्थानीय तहमा पनि पौडेल समूहकै वर्चश्व रहेको थियो। जुम्लाको एक नगरपालिका र सात गाउँपालिकामध्ये दुई तहमा मात्र पार्टी सभापति शेरबहादुर देउवा समूहले सभापति जितेको छ। अन्यसबै स्थानीय तहमा पौडेल समूहका सभापतिका उम्मेदवारले बाजी मारेका हुन्। 

जिल्ला सभापतिमा देउवा समूहका कर्णबहादुर शाही र पौडेल समूहका वर्तमान पार्टी सभापति दीपबहादुर शाहीबीच प्रतिस्पर्धा हुँदैछ। असोज १८ मा हुने जिल्ला अधिवेशनमा ९६५ जना मतदाताले भाग लिने कांग्रेस जुम्लाले बताएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.