|

कञ्चनपुर : पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सडकखण्डमा आज साँझ विंगरबाट खसेर एक जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु लिएर गइरहेको म १ ज २०९० नम्बरको विंगरबाट खसेर सह–चालक भीमदत्त नगरपालिका–६ का वर्ष ४० का दानसिंह बुडालको मृत्यु भएको हो।

विंगरको ढोकाको लक खुल्न जाँदा बुडाल सडकमा खसेर टाउकोमा गम्भीर चोट लागेपछि तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममै बुडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

विंगर र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन्। बुडालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.