|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग  २ लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौंमा कार्यरत सव-इन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ।

कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ।

आयोगले सव-इन्जिनियर केसीलाई कार्यालय परिसरबाटै मंगलबार पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। आरोपी केसीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.