|

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिङफिङसँग छलफल गरेका छन्। चीन र ताइवानबीच तनाव चर्किरहेका बेला बाइडेनले ताइवानबारे सीसँग छलफल गरेका हुन्।

 ‘मैले ताइवानबारे सीसँग कुरा गरेको छु’, ह्वाइट हाउसमा पत्रकारले पत्रकारसँग कुरा गर्दै बाइडेनले भने, ‘ताइवान सहमतिलाई पालना गर्नेबारे हामी सहमत छौं र उहाँले सहमतिबाहेक अन्य कुरा गर्न नहुने भनेर प्रस्ट बताएका छौं।’

चीनले सोमबार ताइवानी आकाशमा हालसम्मकै धेरै सैनिक जहाज उडाएको थियो। त्यसपछि बाइडेनले सीसँग यसबारे छलफल गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन्।

ताइवानले चीनको पछिल्लो व्यवहार उक्साहटपूर्ण भन्दै निन्दा गरेको छ। यसअघि ताइवानी राष्ट्रपति त्साई इङ वेनले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम आउने चेतावनी दिएकी थिइन्। यसको जवाफ दिँदै चीनको ग्लोबल टाइम्सले वेन र उनको दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवानको लोकतन्त्रलाई ‘अतिवादी विचारधारा’मा परिणत गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.