|

काठमाडौं :  बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ। 

बिहीबार दिउँसोदेखि गएराति सम्ममा अस्पतालमा उपचाररत दाङ र बर्दियाका गरी ४ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। 

मृत्यु हुनेमा दंगिशरण गाउँपालिका–१ दाङकी ३७ वर्षिया महिला, बारबर्दिया नगरपालिका–११ बर्दियाकी २२ वर्षिया महिला र बर्दियाकै राजापुर नगरपालिका ४ की ५२ वर्षिया महिला रहेकी छन्। 

यस्तै राजापुर बर्दियाकै ३५ वर्षिय एक पुरुषको पनि गएारति भेरी अस्पतालमै मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.