|
फाइल तस्वीर

विराटनगर : सभामुख प्रदिपकुमार भण्डारीले संविधान र आफ्नै नियमावली च्यातेर आफ्नो असली चरित्र उदाङ्गो पारेको नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताएका छन्।

पूर्व अर्थमन्त्रीसमेत रहेका आङबोले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

उनले भनेका छन्, 'एमाले संसदीय दलको निर्णयलाई कार्यान्वयन गर्दै सभामुखज्यूले भोलि १ बजे बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर कार्तिक ५ गते बोलाउनु भयो, हामीले ध्यानाकर्षण गराउँदा गराउँदै पनि सभामुखले तटस्थता र निष्पक्षता होइन पक्षधरता जनाउँदै संविधान र आफ्नै नियमावली च्यातेर आफ्नो असली चरित्र उदाङ्गो पार्नुभएको छ।'

उनले थपेका छन्, 'यी सबै परिघटनाको समीक्षा र मूल्यांकन इतिहास र भविष्यले गर्ने नै छ, तपाईंको आगामी दिन यस्तै रहोस् बधाई छ सभामुखज्यू।'

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २५ गतेभित्र विश्वासको मत लिनुपर्ने प्रतिपक्षी दलहरूले बताएका थिए।

तर मुख्यमन्त्री आचार्यले दशैंपछि मात्रै विश्वासको मत लिने बताउँदै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.