|

काठमाडौं : सुर्खेतमा आज भएको मिनी बस दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ।

दैलेखको बेस्तडाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–११ का सुशील राउत र भगवती गाउँपालिका–१ की ३४ वर्षीया शान्ता थापा आचार्य छन्। दुर्घटनामा गम्भीर घाइते उनीहरुको अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक शान्ता बस चालककी श्रीमती रहेको र चालक फरार छन्। बस भने साहुले चलाएको प्रहरीले जनाएको छ। बसमा ३४ यात्रु रहेको र घाइतेहरूलाई उपचारका अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.