|
फाइल फोटो

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

मंगलबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्। मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे।

वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि सह-सचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.