|

इलाम : प्रधानमन्त्री शेरबहादुर देउवा इलाम आउने भएका छन्। बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भएसम्म पीडितलाई समेत भेट्ने गरी देउवा कात्तिक ७ गते इलाम आउन लागेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।

मौसमले साथ दिए प्रधानमन्त्रीले सूर्योदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। ‘प्रधानमन्त्री देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुहुनेछ,’ प्रजिअ खड्काले भने, ‘मौसमले साथ दिए गरेर पीडितसँगसमेत छलफल गर्नुहुनेछ।’

प्रधानमन्त्रीले बाढी–पहिरोको क्षतिबारे इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीको ब्रिफिङ सुन्ने कार्यक्रम पनि छ।

‘प्रधानमन्त्री इलाम आउने तालिका बनिसकेको छ तर मौसम कस्तो हुन्छ, उहाँको भ्रमण त्यसमा भर पर्छ,’ खड्काले भने, ‘इलाम मात्र नभई छिमेकी जिल्लाहरूमा समेत उहाँले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने सुनेको छु।’

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.