|

सल्यान : सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्। दुर्घटनामा बागचौर नगरपालिकाका १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार विहान करिव ७:५० बजे सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको जिप कपुरकोट-३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए।

दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमा भइरहेको छ। घाइतेमध्ये २८ वर्षीया बविता रावललाई थप उपचारका लागि  नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

गाडी सडकबाट १०० मिटर तल खोल्सामा खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.