|
एमसिसीविरुद्ध आमसभा गर्ने जानकारी पत्रकार सम्मेलनमा दिँदै नेकपा माओवादी केन्द्र समाजवादीका पदाधिकारी। तस्वीर सौजन्य : नेकपा माके समाजवादी

काठमाडौं : कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आगामी मंसिर ४ गते काठमाडौंमा ‘एमसिसी सम्झौता खारेजी अभियान' अन्तर्गत आमसभा गर्ने भएको छ।

आज (आइतबार) पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) ले आमसभा गर्ने जानकारी दिएका हुन्।

उनले एमसिसी सम्झौता खारेजी अभियानलाई सघाउन आमसभामा सहभागी हुन सबैसँग आग्रह गरे। उनले भने, ‘राजनीतिक जनपरामर्श सम्मेलन र कम्युनिष्ट सम्मेलन आयोजनाको दबाब सिर्जना गर्न विशाल आमसभा गर्ने निर्णय गरेका छौं, सबैजना सहभागी भइदिनु होला।’

अध्यक्ष बुढाथोकीले आमसभा सफल पार्न सबैसँग अनुरोध गरेका छन्। आमसभाको तयारीको लागि आफ्नै नेतृत्वमा ४ सय ९१ मूल व्यवस्थापन समिति, केन्द्रीय सचिवालय र विभागहरू गठन गरेको जानकारीसमेत दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.