|

डडेल्धुरा : यूएईमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत न्युजिल्यान्डले पाकिस्तानलाई १ सय ३५ रनको लक्ष्य दिएको छ।

शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो।

उसका लागि डेरिल मिचेल र डेभन कन्वेले २७/२७ तथा कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ र ग्लेन फिलिप्सले १३ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानका लागि ह्यारिस रउफले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए।

यस्तै, मोहम्मद हफीज, इमाद वासिम र शाहीन साह अफ्रिदीले १/१ विकेट लिए।

पाकिस्तानले प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा छ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो।

न्युजिल्यान्ड भने विजयी सुरुवात गर्ने सुरमा छ। जारी विश्वकपमा न्युजिल्यान्डले पहिलो खेल खेलिरहेको छ।

पाकिस्तान उत्कृष्ट लयमा छ। उसले उपाधि दावेदार टिम भारतलाई हराइसकेको छ। यसबाट पाकिस्तानको मनोबल उच्च छ।

पछिल्ला ५ भेटमा पाकिस्तान न्युजिल्यान्डभन्दा बलियो देखिन्छ। ५ खेलमा पाकिस्तान ३ खेलमा र न्युजिल्यान्ड २ खेलमा विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.