|

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २३.७६ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ८ सय ४३.६२ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८४ अंकले बढेर ५ सय ३१.४२ को विन्दुमा पुगेको छ। आज ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक ३.७७ प्रतिशतले उकालो लागेको छ।

विकास बैंक समूह ३.५ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा १.२ प्रतिशत, जलविद्युत समूहमा १.५५ प्रतिशत, वित्त समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा १.०१ प्रतिशत र म्युचुल फन्ड समूहमा ०.१ प्रतिशतको वृद्धि भएको छ। आज व्यापार समूह सर्वाधिक २.१ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.१६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँमा किनबेच भएका छन्।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ४६ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कामना सेवा विकास बैंकको २२ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै नबिल बैंकको २१ करोड १७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड ७४ लाख रुपैयाँ, ज्योति विकास बैंकको २० करोड ६० लाख रुपैयाँ, रिडी हाइड्रोपावर १९ करोड १२ लाख रुपैयाँ, आरएमडीसी १८ करोड ७८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १६ करोड ४२ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको १४ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज साहस उर्जाको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन गुडविल फाइनान्सको सेयरमुल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक र आरएमडीसी लघुवित्तका सेयरधनीहरूले धेरै गुमाए। यी कम्पनीको सेयरमूल्य ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.