|

सर्वेक्षणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक विश्वको सबैभन्दा लोकप्रिय नेता चुनिएका छन्।

अमेरिकी कम्पनी द मर्निङ कन्सल्टको अनुमोदन रेटिङमा प्रधानमन्त्री मोदी ७० प्रतिशतका साथ सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन्।

यसपटक प्रधानमन्त्री मोदीको अनुमोदन रेटिङ जुनमा जारी गरिएको अप्रुभल रेटिङभन्दा उत्कृष्ट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यो रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं नम्बरमा छन् भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन १० नम्बरमा छन्। मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर प्रधानमन्त्री मोदीपछि दोस्रो नम्बरमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.