|
फाइल फोटो

पर्वत : दशैं र तिहारको बेला जुवा खेलिरहेको अवस्थामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट २७५ जना पक्राउ परेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार असोज १ देखि कात्तिक २१ सम्म उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

दशैं तथा तिहारलाई लक्षित गरी प्रहरीले निगरानी गरेको थियो। डिएसपी विकका उनीहरूको साथबाट ५० लाख ३५ हजार ६८१ रुपैयाँ बरामद भएको छ। उनीहरूविरुद्ध दायर गरिएका मुद्दाको संख्या ३६ रहेको छ।

प्रहरीका अनुसार गत असोजमा मात्र पाँच जिल्लामा १२० जना पक्राउ परेका थिए। उनीहरूको साथबाट ९ लाख ८८ हजार ७५५ रुपैयाँ बरामद भएको थियो। कास्कीमा ६ वटा, लमजुङमा एउटा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सात वटा, पर्वतमा दुई र स्याङ्जामा एउटा मुद्दा दर्ता भएका छन्। पक्राउ परेकाहरूमा कास्कीमा ३० पुरुष र १९ महिला गरी ४९ जना, लमजुङमा ९ जना पुरुष, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४४ जना पुरुष, स्याङ्जामा सात जना पुरुष र पर्वतमा सात महिला र चार पुरुष गरी ११ जना पक्राउ परेका छन्।

कास्कीमा पक्राउ परेकाहरूको साथबाट तीन लाख ५४ हजार ४९५, लमजुङमा पक्राउ परेकाहरूबाट ७६ हजार १८५, नवलपरासी (बर्दबाट सुस्ता पूर्व) मा पक्राउ परेकाहरूबाट तीन लाख ८५ हजार १९५, पर्वतमा पक्राउ परेकाहरूबाट एक लाख ६ हजार ३१५ र स्याङ्जाबाट पक्राउ परेकाहरूको साथबाट ६६ हजार ५६५ गरी कुल नौ लाख ८८ हजार ७५५ रुपैयाँ बरामद भएको छ। उनीहरूका विरुद्ध १७ वटा मुद्दा दायर गरिएको थियो।

डिएसपी विकका अनुसार कात्तिक २१ गतेसम्म विभिन्न ६ जिल्लाका १५५ जनालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनीहरूविरुद्ध १९ वटा मुद्दा रहेका छन्। जसमा कास्कीका चार, लमजुङका एक, तनहुँका चार, गोरखाको एक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सात र पर्वतका दुई वटा रहेका छन्।

पक्राउ परेका १५५ जनामा कास्कीका २५ पुरुष र दुई महिला गरी २७ जना, लमजुङका आठ पुरुष र एक महिला गरी नौ जना, तनहुँका ५६ जना पुरुष, गोरखाका नौ जना पुरुष, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३८ जना पुरुष र पर्वतका १६ जना पुरुष रहेका छन्।

कास्कीमा पक्राउ परेकाहरूबाट १८ लाख दुई हजार आठ सय ९० रुपैयाँ, लमजुङबाट २८ हजार सात १० रुपैयाँ, तनहुँबाट १० लाख ७२ हजार ९५ रुपैयाँ, गोरखाबाट एक लाख एक हजार ८०० रुपैयाँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट चार लाख ७१ हजार ४४ रुपैयाँ र पर्वतबाट १० लाख ४१ हजार चार सय ३१ रुपैयाँ बरामद भएको छ।

असोजमा नौ लाख ८८ हजार ७५५ रुपैयाँ बरामद भएको थियो। तिहार कात्तिकमा रहेका कारण जुवा खेल्नेहरूको धेरै स्ख्या पनि कात्तिकमा नै रह्यो। जसका कारण कात्तिकमा मात्र ४० लाख ४६ हजार ९२६ रुपैयाँ बरामद भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.