|

हेटौंडा : भीमफेदी-कुलेखानी सडकखण्डको जुरिखेतमा ट्याक्सी दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा २ ज २९६८ नम्बरको ट्याक्सी मंगलबार बिहान भिमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना भएको हो।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय भिमफेदिको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। घाइतेहरूलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको जनाइएको छ। घाइतेको पहिचान खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.