|

काठमाडाै : व्यवस्थापिका संसद् भवन नयाँ बानेश्वरमा जारी संसद बैठकमा आर्थिक विधेयक अस्वीकृत भएसँगै सरकार र प्रतिपक्षी दल आरोप प्रत्यारोपमा उत्रिएका छन्। 

संसद्बाट विधेयक अस्वीकृत हुनुपूर्व २८ असारमा सरकारको समर्थत फिर्ता लिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संसदमा पेश भएको बजेटसँग आश्रित विधेयकको कुनै औचित्य नभएको बताउँदै विधेयक समाजउन्मुख र प्रगतिशील नभई एकाधिकार पुँजीवादको खिचडी भएको बताएपछि अर्थमन्त्री विष्णु पौडेलले संसदमा त्यसको जवाफ फर्काएका छन्। 

हिजोसम्म समाजवाद उन्मुख भनिएको विधेयक आजको दिनमा आएर खिचडी भन्नु अस्वभाविक भएको पौडेलको भनाई थियो। ‘हिजो क्याविनेटमा, संसदको सैद्धान्तिक छलफलमा यो विधेयक समाजवादी भयो, आज खिचडी भयो, बजेटका धारा र प्रावधान त तिनै छन् माननीय ज्यू’ पौडेलले भने। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.