|

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरी र मोरङमा सम्पन्न भएको छ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले इटहरीस्थित नमुना कलेज र हरिनगरा मा.वि.मा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए।

त्यसैगरी रौतहटस्थित गौरीशंकर बहुमुखी क्याम्पस, गौरमा क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए।

कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमले जनस्तरमा बीमाबारे बुझ्न र समाजमा रहेका बीमासम्बन्धी अन्योल हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.